• शुक्रबार ४-२३-२०७७/Friday 08-07-2020/ 06:31 am

खेल सिद्धान्तः उभयसंकटको स्थितिमा ओली–प्रचण्ड दुविधा

खेल सिद्धान्त एक गणित विषयको शाखा हो तर, यसलाई समाजशास्त्र, राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा समेत प्रयोग गरेर हेरिन्यो । सिद्धान्तले विभिन्न परिस्थितिमा लिने निर्णको उत्तर दिने कोसिस गर्दछ । तर खेल सिद्धान्तले केवल द्वन्द्व र संघर्षको अवस्थामा मात्र लिईने निर्णयलाई अध्ययन गर्न बनाईएको सिद्धान्त हो । यसले कुनै पनि संघर्ष र खास परिस्थितिमा कस्तो निर्णय आउँछ त्यसको पूर्वानुमान गर्छ । कुनै पनि परिस्थितिमा दुई वा दुई भन्दा धैरै व्यक्ति अथवा समूहको सहभागिता छ र कुनै पनि एक समूहले लिने निर्णयले अर्को समूहको निर्णयमा असर गर्छ भने त्यस परिस्थितिलाई संघर्षको परिस्थिति भनिएको छ ।

संघर्षको परिस्थिति विभिन्न प्रकारको हुने भएकाले विभिन्न प्रकारको द्वन्द्वलाई प्रतिनिधित्व गर्नलाई फरक–फरक खालको खेल बनाईएको छ । यस अन्तर्गत प्रमुख दुईवटा खेल ‘जिरो सम गेम‘ अथवा सुन्य योग खेल र नन् जिरो सम गेम वा गैर–सुन्य योग खेल बनाईएको छ । जिरो सम गेम यस्तो परिस्थितिको प्रतिनिधित्व गर्छ जसमा दुई व्यक्ति मध्ये एकको मात्र सत प्रतिशत जित हुन्छ भने एर्को व्यक्तिको अंक सुन्य प्रतिशत भएर हार हुने गर्छ । नन् जिरो सम गेममा भने दुवै व्यक्ति वा समूहको जीत भएर लाभ हुने छ, तर लाभको योग समान स्तरको नहुन सक्छ तर दुवै सफल हुन सक्छन ।

लेखक

अङ्क गणितमा खेल सिद्धान्तको सुरूवात सन् १९२० मा भएको देखिन्छ १९४४ मा पहिलो पटक जोन भोनले ‘थेउरी अफ गेम एण्ड इकोनोमिक विहेवियर‘ भनेर यसको व्यवस्थित प्रकाश पारेको पाइन्छ । यसले सन् १९५० पछि अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिमा प्रवेश पाएको थियो । रूस र अमेरीबीचको शीतयुद्धलाई अध्ययन गर्नलाई केही ‘स्कलर‘हरूले गेम थेउरीको मोडललाई प्रयोग गरेको पईन्छ । जसमा प्रमुख विलियम राईकर र थोमस सेअलीङ दुई व्यक्ति थिए । यसमा दुई महत्वपूर्ण मेडलको प्रयोग गरिन्छ जसमा ‘प्रिजनर्स डिलेमा’ र ‘गेम अफ चिकेन’ छन।

‘कैदीको दुविधा‘ एक नन् जिरो सम गेम को उदाहरण हो । यसले खास प्रकारको संघर्ष र परिस्थितिको प्रतिनिधित्व गर्छ यसमा दुई समूह आ–आफ्नो स्वार्थलाई केन्द्रमा राखेर चिन्तित हुन्छन् । आफ्नो पक्षमा उत्तम परिणाम ल्याउनका लागि तार्किक निर्णय लिने गर्छन् तर, अन्ततोगत्वा त्यो निर्णयले अति खराव परिणाम लिने गर्छ । उत्तम परिणामको लागि ‘र्यासनल डिसीजन‘ लिँदा पनि कसरी खराव परिणाम आयो यो प्रश्नको उत्तर दिनलाई नै प्रिजनर्स डिलेमाको एक काल्पनिक कथाको मद्दत बाटै यसको उत्तर दिन सकिन्छ।

यस कथामा बैंक डकैतीको अपराधमा प्रहरीद्वारा दुई व्यक्तिलाई गिरफ्तार गरेर जेल हालेको हुन्छ । बैंक डकैतीमा यो दुई कैदीहरूकै हात छ भनि प्रहरी विश्वस्त हुँदाहुँदै पनि त्यसलाई प्रमाणित गर्न प्रहरीसँग प्रशस्त प्रमाण नहुँदा बैंक डकैतको मुद्दा दर्ता गर्न नसकेर केवल गैर–कानुनी रूपमा हतियार राखेको मुद्दा मात्र दर्ता गर्ने अवस्था छ । जसको सजाय अधिक एक बर्षको कैद मात्र हुने छ तर यो परिस्थितिमा प्रहरीलाई यिनै दुई जनाले बैंक डकैत गरेको प्रमाणित गर्नु पर्ने वाध्यता छ । त्यसको लागी प्रहरीको एउटै मात्र बाटो रहन्छ जसमा उक्त व्यक्तिहरू आफैंले अपराध स्वीकार गर्नु पर्ने हुन्छ, यसको लागि प्रहरीले दुई कैदीसँग एक प्रकारको माईण्ड गेम खेल्ने छन् जसमा दुई कैदीलाई फरक–फरक दुई कोठामा थुनिने छ र सुनिश्चित गरिने छ की दुई कैदीबीच कुनै प्रकारको सम्पर्क असम्भव होस् ।

त्यस पछि दुवै कैदीका अघि चार विकल्प राखिने छ र कुनै पनि एक विकल्प रोज्न पाउने स्वतन्त्रता दिईने छ।

– जसमा पहिलो विकल्पमा पहिलो कैदीले अपराध दुवैले मिलेर गरेको स्वीकार्नु पर्ने हुन्छ । तर अर्को कोठाको कैदीले अपराध अस्वीकार गरोस् । यो अवस्थामा पहिलो कैदीलाई कैद मुक्त गरिने छ भने दोश्रो वा अपराध अस्वीकार गर्नेलाई बीस वर्ष कैद हुने छ । यसका लागी पहिलो कैदीले दोश्रो कैदीले डकैतको योजना वनाएको आरोप लाउनु पर्नेछ ।

– दोश्रो विकल्पमा आफूले डकैत अस्वीकार गर्नु पर्ने हुछ । तर अर्को कैदीले अपराध स्वीकारेर पहिलो कैदी माथि योजनाको आरोप लाउने छ र उ कैद मुक्त भएर पहिलो कैदी बीस वर्ष सजाय हुनेछ ।

– तेस्रो विकल्पमा दुवै कैदीले अपराध स्वीकारेर एक अर्को माथि योजनाको आरोप लगाएर सरकारी साछी भएको खण्डमा दुवैलाई पॉंच–पॉंच वर्षको सजाय हुनेछ ।

– चौंथो विकल्पमा पहिलो र दोश्रो दुवै कैदीले अपराध अस्वीकार गर्नु पर्ने हुन्छ । यस्तो परिस्थितिमा प्रहरीसॅंग बैंक डकैतको मुद्दामा कुनै आधार नपुग्ने भएकाले हात हतियारको मुद्दामा एक एक वर्ष मात्र दुवैलाई सजाय हुनेछ ।

यसरी एकै खालको समान मिल्दो विकल्प हरू दुवै कैदीलाई सर्तको रूपमा राखिने छ । अब, यो परिस्थितिमा कैदीहरूद्वारा कस्तो निर्णय लिनेछन् गेम थेउरीको माध्यमद्वारा अनुमान गर्न सकिन्छ । दुवै कैदीले के निर्णय लिनेछन् अनुमान गर्नलाई दुवै कैदीहरूको ‘थट प्रोसेस‘लाई बुझ्नुपर्ने हुन्छ । निर्णय लिनलाई माईण्डमा चलिराखेको विवेक हेर्दा यस्तो द्वन्द्वको परिस्थितिमा पहिलो कैदीले कुनैपनि निर्णय लिनु, अघि दोश्रो कैदीले के निर्णय लिनेछ भन्ने बारेमा अवश्य एक पटक सोच्ने छ र यसै अनुमानको आधारमा उसले निर्णय लिनेछ ।

पहिलो कैदीले सोच्नेछ, दोश्रो कैदीले अपराध अस्वीकार गरोस् यस्तो अवस्थामा पहिलो कैदीको लागि उत्तम विकल्प अपराध स्वाकर्नु उचित हुनेछ । यसमा उ कैद मुक्त हुने छ, तर यस्तै हुन्छ भन्ने सुनिश्तित नहुने भएकाले उसले फेरि सोच्ने छ । यदि दोश्रो कैदीले अपराध स्वीकारेको अवस्थामा आफूले अस्वीकार गरे आफू बीस वर्ष कैद हुने भएकाले यस्तो अवस्थामा उसको लागी अपराध स्वीकर्नु नै उचित हुने छ । यो परिस्थिति अर्को कैदीले पनि यसै प्रकारको थट प्रोसेस  लागू गर्ने भएकाले यस्तै निर्णयमा पुग्ने छ । गेम थेउरी अनुसार दुवै कैदी ले अपराध स्वीकारेर पॉंच–पॉंच वर्षको सजाय पाउने छन् ।

यसमा द्वन्द्व भनेको एक दोश्रोलाई विश्वास नगर्नु हो दुईबीच समन्वय नहुनु हो, यदि दुईबीच सम्पर्क वा समन्वय भएको भए दुवैलाई एक–एक वर्ष मात्र कैद सजाय हुने थियो ।

यो फर्मुलाबाट हेर्दा वर्तमान नेकपाका दुई अध्यक्षबीच प्रशस्त सम्पर्क र समन्वय भईराखेकाले दुवैलाई घाटा लाग्ने कुनै निर्णय लिने अवस्था देखिन्न । यस्तो संघर्षको परिस्थितिमा ‘कोअपरेसन र कोलाब्रेसन‘ बाटै दुवैको लागि बेस्ट आउटकम अउने र सत्ता आफ्नै हातमा रहने कुरोमा दुवै सचेत छन् ।

अर्को गेम थेउरी अन्तर्गत गेम ‘गेम अफ चिकन’ हो । यस खेलमा दुई प्रतिस्पर्धी हुने छन् र एक–अर्कासॅंग जुध्नलाई आ–आफ्नो कारमा तेजसँग अघि बढिरहेका हुन्छन् । यदि दुवै नरोकिएको खण्डमा यो टकरावबाट दुवैको मृत्यु पनि हुन सक्छ । तर यो दुर्घटना रोक्न पनि सकिने छ त्यसको लागि कुनै एकले बाटो परिवर्तन गर्नु पर्ने हुन्छ । दुर्घटना रोक्नलाई दुई जनामा पहिले जसले आफ्नो बाटो परिवर्तन गर्छ उसलाई हामी हरूवा भन्ने छौं र चिकेनको ट्याग दिईने भएकाले यो खेलको नाम गेम अफ चिकेन राखिएको हो ।

जसले बाटो बदल्ने छ उसको लागि बाँच्नु महत्वपूर्ण हुने छ । उ ब्रेभ हुने छैन र चिकेनको ट्याग भिराईने छ । खेलमा यो पनि सम्भव छ दुवै प्रतिक्षामा रहने छन् कि पहिले आफ्नो विपक्षीले बाटो बदलोस् भनेर पर्खंदा–पर्खंदै टक्कर हुनु पनि सक्छ वा दुवैले एकै साथ आ–आफ्नो बाटो मोड्नु यसमा कोही हरूवा र जितुवा हुने छैनन् दुवैको एकै साथ जीत हुनेछ अर्थात् वीन–वीन देखिन्छ ।

ओली–प्रचण्डको सम्बन्धमा गेम अफ चिकेनको परिस्थितिको उदाहरण हो । नेकपाको फुट वा विघठन । यसको मतलब दुई अध्यक्ष फुट भन्दा एक पाईला मात्र नजिक छन् । अव एक पाईला अघि बढे पार्टी फुट्ने छ । यस्तो अवस्था आएमा एकले अर्कोलाई जुनै कदम उठाएर पनि समाप्त गर्नु पर्ने हुन्छ । यो भनेको दुवैको निम्ति जोखिम हो । तर एक आपसमा सम्वाद भईरहेकाले पाईला अघि बढाउने सम्भावना छैन् । नेकपाको अवस्था हेर्दा प्रिजनर्स डिलेमा भन्दा फरक छ । यो गेम अफ चिकेनसँग मिल्ने भएकाले नेकपा विभाजनको सम्भावना देखिदैंन।

नेकपा फुटेपछि गरिखाउला भनेर प्रतिक्षा गर्ने हाम्रो नेताहरू भनेको सॉंढे गोरू र स्यालको कथामा आफू स्यालको भूमिकामा हुनु हो । शासकहरूको चरित्र नबुझ्नु हो, शक्ति संघर्षबाट डराएर भाग्नु हो र आफ्नो अनुभूति भन्दा परको सत्य नबुझ्नु हो । यसले निम्त्याउने अवस्थामा भनेको केवल प्रतिपक्षी विहिन संसद हो । यसबाट अन्ततोगत्व लोकतन्त्र नै कमजोर हुनेछ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारत–चीनबीचको सर्कसको डोरीमा हिडिरहको नेपाल 

  • १७ श्रावण, २०७७

नयाँ दिल्लीले आफ्नो हिमालय छिमेकी देशसँग आफ्ना व्यवहारमा भारी–हात र अपमानजनक शैली अपनाउँदै आएको छ । जसले समुन्द्रसम्म पहुँचका लागि ऊमाथि

Corruption is a chronic disease of Nepal

  • १६ श्रावण, २०७७

Unfortunately in our country, corruption has been part of our life and has entered every basic area of Nepalese Corruption is the process by which a word or expression is changed from its original state to one regrade as erroneous or debased or it can also be defined as a form of dishonesty or criminal offense undertaken  by people, authority, organization, public servant or

दोस्रो पुस्ताका नेताका उत्ताउलो कुरा

  • १२ श्रावण, २०७७

हरेक ठूला पार्टीको नेतृत्व, देशको नेतृत्व युवामा, कम्तीमा दोस्रो पुस्तामा जाओस् भन्ने व्यापक र चर्को आवाज छ हाम्रो मुलुकमा । त्यसैगरी नेकपाको चालू