• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

युरोपियन गोल्डेन बुट जित्ने रोनाल्डोको सपनामा धक्का

एजेन्सी । युरोपका शीर्ष लिगमा यो सिजन सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्ने क्रिष्टियानो रोनाल्डोको सपनामा गम्भीर धक्का लागेको छ ।

इटालियन सिरी ए फुलटबल अन्तर्गत बुधबार राति भएको खेलमा रोनाल्डोले गोल गर्न सकेनन् । यो सिजन लिगमा ३१ गोल गरिसकेका रोनाल्डोका लागि बुधबार रातिको खेल भने निराशाजनक रह्यो ।

युरोपियन गोल्डेन बुटको प्रतिस्पर्धामा रहेका रोनाल्डो लाजिओका स्ट्राइर चिरो इमोबिलेसँग प्रतिस्पर्धामा छन् । रोनाल्डो चिरो भन्दा चार गोलले पछि रहेका छन् ।

बुधबार अवे मैदानमा भएको खेलमा उपाधि विजेता युभेन्टर काग्लिएरीसँग २–० ले पराजित भयाे । उपाधि पक्का गरेपछिको खेलमा युभेन्टस पराजित भएको हो ।

घरेलु टोली काग्लिएरीका लागि लुका गाग्लिएनोले आठौँ तथा जिओभानी सिमेओनीले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन् ।

दोस्रो हाफमा पनि युभेन्टसले गोल गर्न सकेन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर