• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

राखेप सदस्यमा ६ जना मनोनित

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिहीबार ६ जना सदस्य मनोनीत गरेका छन् । 

सदस्य सचिव सिफारिस समितिमा रहेका इन्दिरा निरौला र रिमबहादुर रानाभाटसहित ६ जना सदस्यमा मनोनीत भएका छन् ।यसैगरी सम्बन्धित खेल संघको सिफारिसमा अर्जुन केसी, सुवास श्रेष्ठ र सम्पन्न श्रेष्ठ मनोनित भएका छन् ।

मन्त्रालयले खेलकुद विकास ऐन २०७७ को दफा ३ को उपदफा २ (ठ) अनुसार खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञको कोटाबाट रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई सदस्यमा मनोनीत गरेको हो । 

उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव रमेश कुमार सिलवाललाई बुधबार पद तथा गोपनीयताको सपथ तथा पदभार ग्रहण गरेका थिए ।
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर