हास्यकलाकार हरिबंश आचार्यको गाइजात्रा गीत सार्वजनिक

 काठमाडौं  ।  चर्चित हास्यकलाकार हरिबंश आचार्यको गाइजात्रा गीत सार्वजनिक भएको छ । हरिबंश आचार्यकै स्वरमा  ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने‘ बोलको  गाइजात्रा गीत बिहिबार युट्युबमा सार्वजनिक भएको हो । यस गीतमा शब्द र सङ्गीत हरिबंशकै रहेको छ । गीतमा राजनीतिक व्यङ्ग्य गरिएको छ ।  

भिडियोमा हरिबंश आचार्य, शशि कुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी ९बुलेट०, सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, लगायतको अभिनय रहेको छ । भिडियोलाई सागरराज शर्माले निर्देशन र सुशिल न्यौपानेले सम्पादन गरेका हुन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर