कालिकोट पहिरोका घाईतेलाई मुख्यमन्त्री शाहीका प्रमुख स्वकिय सचिव ले भने,‘नआत्तिनुस् हामी छौं’ 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका प्रमुख स्वाकिय सचिव खेम बहादुर सिँङले कालिकोटको पहिरोमा परी घाइते भएकाहरुलाई शुक्रवार भेटेका छन् । 

अस्पतालमा घाइते विरामी  भेट्न पुगेका सिँङले घाइते विरामीहरुको सबै स्वास्थ्य अबस्थाका बारेमा जानकारी लिएका थिए । उपचारमा कुनै पनि कमि हुन नदिने भन्दै प्रमुख स्वकिय सचिव सिँङले विरामीहरुलाई नआत्तिनको लागि आग्रह गरेका  थिए । 

विहिवार अस्पताल पुगेका घाइते विरामीहरुले पैँसा अभावका कारण खान सम्म पाएका थिएनन्उ । नले सबै खानाको व्यवस्था मिलाउनको लागि पहल गर्ने आस्वासन दिएका थिए । विहिवार बाट खाना नखाएका विरामीहरुलाई उनले आफ्नो तर्फबाट केहि खाना खर्च समेत उपलब्ध गराएका थिए । 

‘घाइतेको  अबस्था हेर्दा गम्भिर नै देखिएको छ, सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुको बिकल्प छैन, ‘प्रमुख स्वकिय सचिव सिँङले भने’ अहिले त विरामीको अबस्था दयनिय रहेको छ बाडिले सबै बगाएपछि खाना खाने अबस्था समेत छैन,।’

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा र अस्पताल प्रसाशन सँग आफुले विरामीको समस्याका बारेमा कुनै कमि हुन नदिनको लागि पहल गर्ने उनले बताएका थिए ।

घाईते विरामीहरुले आफ्नो जसरी पनि उपचार गराइदिनको लागि प्रमुख स्वकिय सचिव सिँङ मार्फत सरकारलाई आग्रह गरेका थिए । बाडिमा घर जग्गा सबै बगाँईसकेको हुनाले आफ्नो गाउँमा केहि पनि नभएका कारण सरकारले आफ्नो छिटै बस्ने व्यावस्था मिलाउनको लागि घाइतेहरुले सरकारलाई आग्रह गरका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर