• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

सागका स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

काठमाडौं । नेपाली कांग्रेसले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । 

शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रिय खेलकुद विभागले सागका स्वर्ण विजेता ८० खेलाडीलाई नगदसहित सम्मान गरेको हो । कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले एकल र टिम स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गरे । विभागले एक स्वर्ण विजेतालाई १० हजार, दुई स्वर्णलाई १५ हजार र चार स्वर्ण जित्नेलाई २५ हजारबाट सम्मान गरेको हो । सम्मान कार्यक्रममा काँग्रेस सभापति शेर बहादुर देउवाले खेल क्षेत्रले नै राष्ट्रको नाम संसारभर चिनाउन भएकाले यस क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणाा राखे । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुद र खेलाडीकोे समग्र बिकासका लागी आफ्नो नयाँ कार्यकालमा काम गर्ने बताए । काठमाडौं पोखरा र जनकपुरमा भएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक गरी २ सय ७ पदक जितेको थियो । बिभागले अन्य पदक बिजेतालाई पनि क्रमश सम्मान गर्दै जाने जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर