• शुक्रबार ४-२३-२०७७/Friday 08-07-2020/ 06:47 am

विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता कायम गर्छ– मुख्यमन्त्री गुरुङ

पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्ने बताएका छन् । 

मुस्लिम समुदायको महत्वपूर्ण पर्व इदु उल अज्हा, २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा लिएको बताएका छन्। इदु उल अज्हा पर्व इस्लामिक क्यालेण्डरको १२ औँ तथा अन्तिम महिना जुलहिज्जाहको १० औँ दिनमा मनाइन्छ । मुस्लिम समुदायले यस दिन इदगाह (खुल्ला चौर)मा सामूहिक नवाज पढेर एकअर्कालाई अंकमाल गर्दै खुशी साटासाट गरेर पर्व मनाउने गर्छन् । यस पर्वलाई बकर इद वा कुर्वानीसमेत भनिन्छ । 

यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आइरहेको कुरा मुख्यमन्त्री गुरुङले सन्देशमा उल्लेख गरेका छन् । 

उनले कोभिड–१९ बाट जोगिन सतर्कता अपाउनसमेत आग्रह गरेका छन् । साथै, बाढी तथा पहिरोका कारण विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भइरहेको स्मरण गर्दै प्राकृतिक विपत्तिको अवस्थामा उद्धार, राहत र उपचारमा सक्रिय भएर जुट्न र धैर्य हुनसमेत सबैमा अपिल गरेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना संक्रमित मन्त्री पार्टी प्रवेश कार्यक्रममा सहभागीदेखि भीभीआइपीसम्म भेट

  • २२ श्रावण, २०७७

जनकपुरधाम ।  कोरोना संक्रमण पुष्टि भै सकेका प्रदेश दुइका मन्त्रीले प्रधानमन्त्री देखि प्रहरी महानिरीक्षकसम्म भेट गरेर जनकपुरधाम फर्केको पाइएको छ

मजदूरको न्यूनतम ज्याला  ९०० रुपैयाँ 

  • २२ श्रावण, २०७७

कर्णाली । नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको समितिले

अझै पाएनन् निजी क्षेत्रले पिसिआर परीक्षणको अनुमति

  • २२ श्रावण, २०७७

चितवन । मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन । यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग