• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

लिभरपुलको नयाँ कार्यकारी प्रमुखमा बेली हेगन

एजेन्सी । लिभरपुलका नयाँ कार्यकारी प्रमुख बिली होगान बन्ने भएका छन्। हालका कार्यकारी प्रमुख पिटर मुरेले अगस्ट अन्तिममा पद छोड्ने निश्चित भएसँगै होगानले नेतृत्व गर्ने टुङ्गो लागेको छ।

सन् १९८१ देखि अमेरिका बस्दै आएका मुरे २०१७ मा लिभरपुलका कार्यकारी प्रमुख बनेर बेलायत आएका थिए। तीन वर्षे कार्यकालमा पूर्णविराम लगाएर उनी अमेरिका फर्किने तयारीमा छन्।

“च्याम्पियन्स लिग, फिफा क्लब विश्व कप र यो सिजन प्रिमियर लिगको उपाधि जितेसँगै मेरो कार्यकाल सपना नै विपनामा परिणत भए झैँ भएको छ,” उनले भने, “३० वर्षभन्दा धेरै अमेरिकामा बिताएर म २०१७ मा लिभरपुल फर्केँ र यहाँ उत्कृष्ट अनुभव बटुलेँ।”

उनको सम्झौता सकिएसँगै कार्यकारी प्रमुख बन्ने तयारीमा रहेका होगान अहिले लिभरपुलका प्रबन्ध निर्देशक हुन्। होगान २०१२ मा बोस्टोनबाट लिभरपुल आएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर