• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

विप्लवका रुपन्देही इन्चार्जसहित नेताहरु पक्राउ 

फाईल फोटो ।

बुटवल । रुपन्देहीमा नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु पक्राउ परेका छन । पक्राउ पर्नेमा रुपन्देही इन्चार्ज सहित दश जना नेता कार्यकर्ता रहेको बताइएको छ । 
प्रहरीले रुपन्देहीबाट विप्लवका जिल्ला इन्चार्ज संगम पुन र नेताहरु विश्वास भट्टराई,नवीन थारु,माधव न्यौपाने,अजमहमद मिया लगायतलाई पक्राउ गरेको बताइएको छ ।

तर प्रहरीले पक्राउ पर्नेहरुको विवरण भने सार्वजनिक गरेको छैन । 
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापाले इन्चार्ज पक्राउ परेको भन्दै विवरण पछि दिइने बताए   ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर