• शुक्रबार ४-२३-२०७७/Friday 08-07-2020/ 07:25 am

दार्चुलामा बाढीपहिरोमा तीन घर बगे

फाईल फोटो ।

दार्चुला। दार्चुलामा बाढीपहिरोले तीन घर पुरिएका र    दर्जन बढी घर जोखिममा परेका छन् । महाकाली नगरपालिका–२ को मैखोलीमा बाढीपहिरोले तीन घर पुरिएका र  दर्जनौँ घर जोखिममा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीपहिरोले मानवीय क्षति भएको छैन ।
 
शनिबार  बिहान आएको पहिरोले गगन पार्कीको दुईतले घर बगाएको र पशु चौपायालाई सुरक्षित स्थानमा सारिएकोे छ । यस्तै सोही ठाउँमा रहेका कालु भुल, मने भुल, र परे भूलको संयुक्तरुपमा निर्माण भएको  तीनतले घर पनि बाढीपहिरोले  बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिए । 
यसैगरी बाढीपहिरोले सोही ठाउँका ललितराम पार्कीको दुईतले घर बगाएको छ । लास्कुखोला र आसपासबाट आएका खोलाले बाढीपहिरो निम्त्याएको हो । यस्तै प्रहरीले सोही ठाउँका कालुसिंह भुलको चौपायालाई जीवितै उद्धार गरेको छ । बाढीपहिरोले मानमती पार्की, हरकसिंह साहु, पारस साहुको घर पूर्णरूपमा जोखिममा परेको छ भने मानिस र पशुचौपायाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

यस्तै बाढीपहिरोले मनिराम भुल, परे भुल, अमिरा पार्की, ललितराम पार्की, रुकुम पार्की र गगन पार्कीको घर पनि जोखिममा परेका प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण खार–खलङ्गा सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ । अहिले स्थानीयवासीलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । सडक अवरुद्ध भएका कारण उद्धारमा समेत ढिलाइ भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजको मौसम: कहाँ - कहाँ छ आज भारी वर्षाको सम्भावना ?

  • २३ श्रावण, २०७७

काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदली रही केही क्षेत्रमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । प्रदेश १, बागमती,

चिर्पट प्रहार गरेर हत्या गरि फरार भएका अभियुक्त पक्राउ

  • २३ श्रावण, २०७७

काठमाडौं । चिर्पट प्रहार गरेर हत्या गरी फरार भएका एक अभियुक्तलाई खोटाङ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको केपीलासगढी गाउँपालिका वडा नम्बर-१ फेदीका २७

शुक्रबार र शनिवार उपत्यकाको केही क्षेत्रमा विद्युत् कटौति हुने

  • २३ श्रावण, २०७७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले नयाँ फिडर