• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अमेरिकी समर्थित ‘आतंकवादी समूह’का प्रमुखलाई गिरफ्तार गरेको इरानको दावी 

फाइल तस्विर

एजेन्सी । अमेरिकी समर्थित एक ‘आतंकवादी समूह’का प्रमुखलाई गिरफ्तार गरेको इरानले बताएको छ । 

उक्त व्यक्तिमाथि सन् २००८ मा दक्षिणी सहर शिरजमा एक मस्जिदमा १४ जनाको ज्यान जानेगरी र दुईभन्दा बढी घाइते हुनेगरी बम आक्रमण गरेको आरोप इरानले लगाएको छ ।

समूहका ‘जमशिद शर्माहद, जो इारनभित्र सशस्त्र तथा तोडफोड गतिविधिहरुको नेतृत्व गरिरहेका थिए, अब इरानी सुरक्षा बलको शक्तिशाली हातमा आएका छन्,’ शनिवार इरानी सरकारी टेलिभिजनले गुप्तचर विभागलाई उध्रृत गर्दै भएको छ । 

यद्यपि, ‘किंगडम असेम्ब्ली अफ इरान’को नामले चिनिने विपक्षी राजावादी समूहका नेतालाई कहाँ र कहिले गरफ्तार गरियो भन्नेबारे थप जानकारी दिइएको छैन । यस समूह इरानमा शाही शासन बहाली गर्ने प्रयासमा छन् । यस समूहलाई इरानमा अमेरिकी समर्थित राजावादी समूह भनेर चिनिन्छ । 

इस्लामिक क्रान्तिभन्दा अघि सन् १९७९ मा शाह मोहम्मद रजा पहलवी देशबाट भागेर गएसँगै इारनको शाही शासनको अन्त्य भएको थियो । त्यसैगरी यस समूहका संस्थापक सन् २००० को दशकको मध्यतिर बेपत्ता भएका थिए । 

इरानको सरकारी टेलिभिजनले सन् २००८, १२ एप्रिलका दिन शिरज सहरस्थित हुसैनिह सेयद अल–शोहदा मस्जिद बम आक्रमणमा संलग्न भएको भन्दै शेर्माहदलाई पक्राउ गरिएको जनाएको छ । 

सन् २००९ मा राजावादी समूहसँग जोडिएको र मस्जिदमा बम आक्रमणमा संलग्न रहेको भन्दै तीन जनालाई फाँसी दिएको थियो । त्यस्तै, सन् २०१० मा अन्य दुई जनालाई यसै घटनामा संग्लग रहेको पुष्टि भएपछि इरानले फाँसी सजाय दिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर