• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

आर्सनलले जित्यो  १४ औँ पटक एफए कपको उपाधि

एजेन्सी  । आर्सनलले एफए कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा आर्सनलले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गर्दै एफए कपको उपाधि जितेको हो ।

आर्सनलको जितमा दुवै गिल पिएरे एमरिक अउबामेयांगले गरेका थिए । उनले खेलको २८औँ मिनेट र ६७औँ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै चेल्सीका लागि भने एक गोल क्रिस्टियन पुलासिकले गरेका थिए । त्यस्तै यस खेलमा खेलको ७३औँ मिनेटमा चेल्सीका माटेओ कोभाकिकले रातो कार्ड पाएर मैदान छोडेपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो ।

योसँगै आर्सनलले सबैभन्दा धेरै १४औँ  पटक एफए कपको उपाधि जितेको छ ।  त्यस्तै आर्सनल अहिलेसम्म साट पटक फाइनलमा पराजित समेत भएको छ ।

आर्सनलपछि धेरै पटक एफए कप उपाधि जित्ने टिम म्यानचेस्टर युनाइटेड हो । युनाइटेडले १२ पटक जितेको छ भने चेल्सी र टोटनह्यामले ८–८ पटक जितेका छन् ।    

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर