• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

चिरो इमोबिलेले जिजे गोल्डेन बुट

एजेन्सी । लाजिओका स्ट्राइकर चिरो इमोबिलेले इटालियन सिरी ए तथा युरोपियन गोल्डेन बुट जितेका छन्।

सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको यो सिजनको अन्तिम खेलमा नापोलीसँग ३–१ ले पराजित भएको लाजिओका लागि चिरोले एक गोल गरे । उनले २२ औँ मिनेटमा गरेको गोल सिजनमा लिगमा गरेको ३६ औँ गोल बन्यो ।

टिम पराजित भए पनि चिरोले घरेलुसँगै युरोपियन गोल्डेन बुट जिते । युभेन्टसका क्रिष्टियानो रोनाल्डो सिरी ए को यो सिजनमा सर्वाधिक गोलकर्ताको सूचिमा दोस्रो स्थानमा रहे ।

योसँगै उनले सिरी ए फुटबलमा एकै सिजन सर्वाधिक गोल गर्ने गोन्जालो हेगुइनको कीर्तिमानसँग बराबरी गरे । चिरोले गोल गर्नुअघि नापोलीका लागि फाबिएन रुइजले गोल गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर