• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बार्साले यो वर्ष नेइमार र मार्टिनेज दुवै भित्र्याउदैन- बार्टोमेउ

काठमाडौं । कोभिड १९ का कारण अर्थतन्त्रमा परेको असरको कारण देखाउदै बार्सिलोनाले यस वर्ष ब्राजिलियत स्टार नेइमार र अर्जेन्टाईन स्टार लौटारो मार्टिनेज नभित्र्याउने भएको छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले यसबारे सार्वजनिक अभिव्यक्ति दिएका हुन् । बार्सिलोना मार्टिनेज भित्र्याउन ईन्टर मिलान तथा नेइमार भित्र्याउन पिएसजीसँग व्यवस्त भएपनि यसपाली डिल नहुने देखिएको हो ।

बार्साका समर्थकहरुले यसपाली आक्रमण लाईनमा मेसीसँग नेइमार वा मार्टिनेजको जोडी बाधिने आशा व्यक्त गरेका थिए । 

बार्सिलोनाले आफ्ना केही खेलाडीसँग साटफेर गरेर मार्टिनेज भित्र्याउन ईन्टरसँग छलफल अघि बढाएको थियो । अहिले सो विषयलाई दुवै पक्षको सहमतिमा स्थगित गरिएको छ । 

बार्टोमेउले स्पोर्टससँग कुरा गर्दै भनेका छन् नेइमारसँगको डिल गर्ने कुरामा पनि यही समस्या छ कि कोभिडले अर्थतन्त्रमा पारेको असरका कारण क्लव यसपाली ठुला ट्रान्फर डिल गर्न सक्दैन । 

मार्च र जुन महिनाको बीचमा कोभिडकै कारण बार्साले २ सय  मिलियन पाउण्ड गुमाईसकेको उनले बताए । युरोपका सवै ठुला क्लबहरुले उस्तै प्रकृतिको समस्या भोगिरहेको बताउदै उनले कोभिडको असर २ देखी ३ वर्ष सम्म पर्न सक्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर