विराट कोहली र अनुष्का शर्माबीच सम्बन्ध–विच्छेद, के हो त वास्तविकता ?

एजेन्सी । पछिल्लो समय सामाजिक सञ्जालमा अभिनेत्री अनुष्का शर्माका बारेमा विभिन्न टिप्पणीहरु हुन थालेका छन् । लकडाउनमा डिजिटल प्लटफर्म मार्फत अनुष्का शर्माले निर्माण गरेको सिरिज ‘पाताललोक’ रिलिज भयो । जसको कारण उनी एक विवादित पात्र बनिन् । ‘पातललोक’ मा धेरै विवादित दृश्यहरु समावेश गरिएको थियो । जुन राष्ट र राष्ट्रियता विरुद्धको थियो । यतिसम्म कि,सामाजिक सञ्जालमा राष्ट्रियता विरुद्धको दृश्यहरु राखेको भन्दै विराट कोहलीले अनुष्कासँग सम्बन्ध विच्छेद गर्न फ्यानहरुले माग राखेका थिए । 

यसैक्रममा सामाजिक सञ्जालमा#VirushkaDivorceट्रेन्ड भइरहेको छ । विराटको नाममा यस्ता धेरै मिम्स सामाजिक सञ्जालमा भाइरल भएको छ । खासमा एक ट्वीटर प्रयोगकर्ताले विराट कोहली र अनुष्का शर्माको सम्बन्ध विच्छेद #EidMubarak लेखेका थिए । जुन सामाजिक सञ्जालमा निकै चर्चामा आयो । 

तर अनुष्का र विराटको सम्बन्ध विच्छेदको खबर झुठो हो । विराट र अनुष्का यतिबेला लकडाउनको समय एक साथ बिताइरहेका छन् । ‘पातललोक’ रिलिज भएदेखि नै अनुष्काको बारेमा सामाजिक सञ्जालमा धेरै तर्कहरु भएका छन् । फ्यानहरुले नै उनको मिम्स बनाएर पोष्ट गरेका छन् ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर