• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

मन्त्रिपरिषद् बैठक आज बस्दै, लगानी बोर्डको सीईओ चयन हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बस्ने बैठकमा कोरोना नियन्त्रणका लागि भएका प्रयासहरुका बारेमा छलफल हुने एक मन्त्रीले जनाए । त्यस्तै कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले जोर बिजोर प्रणालीमा सवारी सञ्चालन गर्ने प्रस्ताव लैजाने र त्यसमा पनि आवश्यक निर्णय हुन सक्ने बताइएको छ ।

बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने सम्भावना छ ।  

लगानी बोर्डको सीईओ सिफारिस गर्न गठित अर्थमन्त्री डा युवराज खतिवडाको नेतृत्वको समितिले सुशील भट्ट, डा  सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रिपरिषदमा पठाएको छ। मन्त्रिपरिषदको बैठकले लगानी बोर्डको आगामी ४ वर्षे कार्यकालका सीईओ नियुक्ति गर्नेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर