• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अध्यक्ष प्रचण्डले राजीनामा दिए ओली दबाबमा पर्छनः हरिबोल गजुरेल

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिनु उत्तम विकल्प हुने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताएका छन् । कार्यकारी हैसियतका रुपमा बसेको स्थायी कमिटी बैठकले बैधता नपाए पछि त्यहाँ बसिरहन नहुने उनको जिकिर छ । 

साउन १३ गते प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले एकतर्फी स्थायी कमिटी बैठक स्थगित गरेकाले प्रचण्ड सेरेमोनियल जस्तो देखिए । अध्यक्ष प्रचण्डले त्यतिबेलै राजीनामा दिनु पर्ने तर्क उनले गरे । ‘प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड बाटोमा जाँदा–जाँदै स्थायी कमिटी स्थगित गरेको सूचना पठाउनु भयो । बालुवाटार पुगेर झलनाथ खनाल लिएर भेट हुन जाँदा प्रचण्डले राजीनामा लिएर जानु पथ्र्यो’, गजुरेलले समाचार दैनिकसँग भने– ‘अध्यक्ष प्रचण्डले यो ठूलो मौका गुमाउनु भयो ।’

कहिलेकाही पछि हट्दा पनि राजनीतिक पहलकदमी आफ्नै हातमा आउँछ भन्ने मौका प्रचण्डले गुमाएको उनले बताए । तर, सोही दिनको स्थायी कमिटी बैठक स्थगित कि निरन्तरता भन्ने विषयमा आइतबारदेखि अध्यक्षद्वयबीच सहमति जुट्न सकेको छैन । वरिष्ठ नेता माधव कुमार नेपाल समूह प्रधानमन्त्री ओलीसँग जसरी हुन्छ टक्कर लिन चहाने भएकाले त्यही समूहको समिकरणमा अध्यक्ष प्रचण्ड फसेको उनले जिकिर गरे । 

अध्यक्ष प्रचण्डलाई राजीनामा दिन भनि सुझाव दिएको उनले बताइए । ‘मैले अध्यक्ष प्रचण्डलाई भेटेर राजीनामा दिनुस्, उता (प्रधानमन्त्री ओली) दबाब हुन्छ भनेको हूँ । तर, उहाँ समिकरणमा फस्नुभयो’, उनले भने– ‘समिकरण बनाउँदा उहाँ(प्रचण्ड)को हात–खुट्टा बाँधिएको छ ।’

एक कदम पछि हटेर पहल लिन सुझाएको औंल्याउँदै गजुरेलले भने– ‘मैले प्रधानमन्त्रीसँग पनि सल्लाह गरेको थिएँ । उहाँले मैले एक्लै कसरी राजीनामा दिनु भन्नुभएको थियो मसँग । मैले त्यो कुरा अध्यक्ष प्रचण्डलाई सुनाई दिएको पनि हो ।’

पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा प्रचण्डले युद्धविराम गरी राजनीति पहलकदमी आफ्नो हातमा लिएको स्मरण समेत गराए । ‘राजा ज्ञानेन्द्रले निरकुंशता लादेर संयुक्त राष्ट्र संघको बैठकमा भाग लिन जान खोज्दा प्रचण्डले एकतर्फी युद्धविराम गरेर राजनीतिक पहलकदमी आफ्नो हातमा लिएका थिए । जसका कारण ज्ञानेन्द्रको भ्रमण नै रोकिएको थियो’, उनले भने । 

प्रचण्डले आफूलाई सेरेमोनियल बनाएकै दिन राजीनामा दिएको भए अहिले नयाँ सिराबाट छलफल हुने र ओलीले पनि राजीनामा दिन बाध्य हुने अवस्था आउने नेता गजुरेलको विश्लेषण छ । एउटा मौका गुमेपनि एजेण्डा त्यही अड्किएको उनले बताए । आइतबारदेखि अध्यक्षद्वयबीचको भेटघाटमा जारी स्थायी कमिटीे निरन्तरता वा स्थगित गर्ने भन्ने विषयमा सहमति जुटेको छैन ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर