• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रधानमन्त्रीले बालकोट पुगेर भने– अबको अढाई वर्षमा म यहाँ फर्कन्छु

आफैंले रोपेको बगैंचादेखि प्रत्येक कोठाको अवलोकन 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार आफ्नो निजी निवास बालकोट पुगे । प्रधानमन्त्री भएपछि दोस्रोपटक आफ्नो नीजी निवास पुगेका प्रधानमन्त्री ओलीको स्वागतमा पूर्वमन्त्री तथा सांसदद्वय गोकुल बाँस्कोटा र महेश बस्नेत सहितका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । 

०७४ फागुन ३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका ओली भोलिपल्टै गते नै सरकारी निवास प्रवेश गरेका थिए । प्रधानमन्त्री ओलीको निवास बालकोटमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा बस्दै आएका छन् । 

सोमबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता सकिए लगत्तै ओली निजी निवास बालकोट पुगेका थिए । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बाँस्कोटा र बस्नेतसहितका उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेकपाभित्रको विवादका बारेमा जानकारी गराए । उनले केही सांसद र उपस्थित स्थानीय सुरक्षा प्रमुखसँग नेकपाको पछिल्लो विवादबारे सुनाएका हुन् । उनले आफू अबको अढाइ वर्षमा बालकोट फर्कने पनि बताएका थिए । उनले भनेका थिए,‘जेरी मीठो थियो, कुराकानी त उस्तै हो, भोलि फेरि हुन्छ । अहिलेलाई धेरै कुरा छैनन् । म चाहीँ अब अढाइ वर्षमा यहाँ फर्किन्छु ।’

साथै, उनले निकटतमहरुसँग भेटघाट गरेका थिए । आफूले रोपेको बिरुवा बगैँचाको अवलोकन पनि उनले गरेका थिए । 

उनी घरको प्रत्येक कोठामा पुगेका थिए ।  त्यस्तै ओलीले भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरीका प्रमुखहरुसँग कोरोनासँग भइरहेको कामको जानकारी पनि लिएका थिए। उनका साथमा पत्नी राधिका शाक्यसहित बालकोट गएकी थिएन् ।

प्रधानमन्त्री बालकोट पुग्ने खबर पाएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सैनिक अधिकारीहरु लगायत बालकोट पुगेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर