• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल, वडाध्यक्षसहित ७ कर्मचारीमा संक्रमण

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ । कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले समाचार दैनिकलाई बताइन् ।

अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको उनले बताइन् । 

‘आज ७ जना कर्मचारीमा र एक जना वडाध्यमा कोरोना परीक्षणको क्रममा पोजेटिभ आएको छ । त्यसपछि हामीले उपमहानगरपालिका सिल गरेका छौं ।’ उनले भनिन्,‘अब अन्य कर्मचारीहरुको पनि स्वाब संकलन भएको छ । उहाँहरुको रिपोर्ट हेरेर कहिलेसम्म सिल गर्ने भन्ने निर्णय हुन्छ ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर