प्रदेश दुइको मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण

जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश दुइको मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण देखिएको छ । ६ कर्मचारी सहित ३० जनामा कोरोना संक्रमण देखिएको हो ।

जनकपुरधामको प्रादेशिक अस्पतालमा गरिएको परीक्षणको क्रममा मुख्यमन्त्री कार्यालयका एक जना अधिकृत, एक जना ट्राफिक प्रहरी, २ सवारी चालक र दुई जना कार्यालयकै अन्य कर्मचारी गरी ६ जनासहित ३० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिएका छन् । 

दुई दिन अगाडी गरिएको स्वाब संकलनको नतिजा आइतबार  राति आएपछि उनीहरुमा संक्रमण पुष्टि भएको थियो । 

संक्रमितहरु चिकित्सकहरुको सल्लाहमा घरमै सेल्फ क्वारेन्टिनमा बसिरहेका छन् । यता संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कनट्याक्ट ट्रेसिङको आधार पता लगाउने काम भईरहेको प्रजिअ भट्टराईको भनाई रहेको छ

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर