• सोमबार ६-५-२०७७/Monday 09-21-2020/ 12:51 pm

मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई पिट्ने पनि नेपाली नै भएको पुष्टि

काठमाडौं । मलेसियामा कार्यरत एक नेपाली सेक्युरिटी गार्डमाथी भएको कुटपिटमा नेपाली नै संलग्न भएको खुलेको छ ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार कपिलबस्तुका रामकुमार उराउले नवलपरासीका इस्लाम हुसेनलाई निर्घात कुटपिट गरेका थिए। हुसेनलाई उराउले कुटपिट गरेको भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो। भिडियो भाइरल भएपछि दुतावासले छानविन गरेको थियो । पीडित र पीडक दुवै जना मलेसियामा अवैध कामदारका रुपमा बसिरहेको दुतावासको भनाई छ । 


जुलाई ३१ तारिखमा नेपाली सेक्युरिटी गार्डमाथी कुटपिट भइरहेको भिडियोबारे जानकारी प्राप्त भए लगत्तै मलेसियामा सेक्युरिटी गार्ड उपलब्ध गराउने कम्पनीहरुको छाता संगठनलाई सत्यतथ्य बुझ्न अनुरोध गरेको थियो। घटना जुलाई ७ तारिखको विहान क्वालालाम्पुरामा  भएको थियो। 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘हिमचितुवा’ आङ रिता शेर्पाको निधन 

  • ५ असोज, २०७७

काठमाडौं । ‘हिमचितुवा’का नामले चिनिने किर्तिमानि हिमाल आरोही आङ रिता शेर्पाको निधन भएको छ । ७२ बर्ष को उमेरमा शेर्पाको निधन भएको हो । आज बिहान १०

स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

  • ५ असोज, २०७७

वीरगञ्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले

छ महिनापछि शुरु भयो आन्तरिक उडान

  • ५ असोज, २०७७

काठमाडौं ।  कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान शुरु भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११