• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई पिट्ने पनि नेपाली नै भएको पुष्टि

काठमाडौं । मलेसियामा कार्यरत एक नेपाली सेक्युरिटी गार्डमाथी भएको कुटपिटमा नेपाली नै संलग्न भएको खुलेको छ ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार कपिलबस्तुका रामकुमार उराउले नवलपरासीका इस्लाम हुसेनलाई निर्घात कुटपिट गरेका थिए। हुसेनलाई उराउले कुटपिट गरेको भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो। भिडियो भाइरल भएपछि दुतावासले छानविन गरेको थियो । पीडित र पीडक दुवै जना मलेसियामा अवैध कामदारका रुपमा बसिरहेको दुतावासको भनाई छ । 


जुलाई ३१ तारिखमा नेपाली सेक्युरिटी गार्डमाथी कुटपिट भइरहेको भिडियोबारे जानकारी प्राप्त भए लगत्तै मलेसियामा सेक्युरिटी गार्ड उपलब्ध गराउने कम्पनीहरुको छाता संगठनलाई सत्यतथ्य बुझ्न अनुरोध गरेको थियो। घटना जुलाई ७ तारिखको विहान क्वालालाम्पुरामा  भएको थियो। 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर