• बुधबार ७-१२-२०७७/Wednesday 10-28-2020/ 12:04 pm

चार वर्षको अवधिमा खेलकूदलाई सम्मान योग्य क्षेत्र बनाउछु– राखेप सदस्यसचिव सिलवाल

फाइल फाेटाे

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ, त्यो विश्वासलाई कहिले टुट्न नदिने दावी गरेका छन् । 

    नेपाल भलिबल सङ्घले उनको सम्मानमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सदस्यसचिव सिलवालले भने,  “खेलकूदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्ति गरिएको छ, त्यसमा इमानदार भएर अगाडि बढ्नेछु, मलाई पुनः जिम्मेवारी दिएकामा नेपाल सरकार, खेलकूद मन्त्रालय र सदस्यसचिव सिफारिस समितिलाई धन्यवाद दिन चाहन्छु, उहाँहरुको विश्वासलाई कहिले टुट्न दिने छैन ।”

सदस्यसचिव सिलवालले राष्ट्रिय खेल भलिबलको एउटा छुट्टै कभर्ड हल पनि नहुनु दुःखको कुरा भएको बताउँदै आफ्ना तर्फबाट त्यसका लागि पहल शुरु भइसकेको बताए। उनले भलिबल सङ्घलाई पनि कभर्डहल निर्माणका लागि गम्भीर भएर अगाडि बढ्न सुझाउँदै अबका चार वर्षको अवधिमा खेलकूदलाई सम्मान योग्य क्षेत्र बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बार्सिलोनामा खैलाबैला, बार्तोमेउले दिए राजीनामा

  • १२ कार्तिक, २०७७

एजेन्सी । समर्थक तथा खेलाडीहरुको चौतर्फी दबाव पछि स्पेनिस फुटबल क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तोमेउ लगायतका बोर्ड सदस्यहरुले पदबाट

च्याम्पियन्स लिगः रियल म्याड्रिड रोकियो

  • १२ कार्तिक, २०७७

काठमाडौँ । रियल म्याड्रिडले यस सिजनको च्याम्पियन्स लिगमा खराब सुरुवात गरेको छ । पहिलो खेलमा हार बेहोरेको रियल दोस्रो खेलमा पनि सन्तोषजनक प्रदर्शन

च्याम्पियन लिगमा लिभरपुलको लगातार जित यात्रा कायम

  • १२ कार्तिक, २०७७

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले लगातार जितको यात्रा कायम राखेको छ । समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले एफी