• बुधबार ७-१२-२०७७/Wednesday 10-28-2020/ 11:43 am

फिलिपिन्सको राजधानीमा मंगलबारदेखि पुनः लकडाउन

मनिला ।  फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।  राष्ट्रपतिले राजधानी मनिलादेखि अन्य प्रान्तहरुसँग आवतजावतलाई पनि बन्द गर्न लागिएको जानकारी दिए ।

चिकित्सकहरुको टोलीले कोरोनाभाइरसको सङ्क्रमण तीब्ररूपमा फैलिनसक्ने चेतावनी दिएपछि उनले यस्तो निर्णय लिएका हुन् । 

राष्ट्रपति कार्यालयका प्रवक्ता ह्यारी रोक्युले सोमबार दिएको जानकारी अनुसार महानगरको प्रहरी प्रशासनले मंगलबारदेखि दुई हप्ताका लागि लकडाउन गर्नेछ ।

आर्थिक गतिविधि बन्द गर्न र अत्यावश्यक बाहेकका अन्य सवै हिडडुल तथा यात्रा गर्न पनि उनीहरुले प्रतिवन्ध लगाउने भएका छन् । 

लकडाउनका समय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा विषेश केही उद्योगका कर्मचारीलगायतलाई पनि हिड्न दिइने गृह मन्त्रालयका सचिव एडुर्डो एनोले जानकारी दिए । 

राष्ट्रपति रोड्रिगो डुटेर्टेले यसअघि यही जुन १ तारिखदेखि लकडाउन अन्त्य गरी आर्थिक लगायतका धेरै गतिविधिका लागि खुल्ला गरेका थिए ।

उनले लकडाउन घोषणा गरेपनि बैंक, स्वास्थ्य तथा खाद्य सामग्रीसम्वन्धी कर्मचारी, कृषि उत्पादन कार्यमा संलग्न मजदुरलगायतलाई घरदेखि कार्यालय र कार्यालयदेखि घरसम्म जान पाउने व्यवस्था गरिने बताए । 

कमदारहरूले मोटरसाईकल, साईकल, नीजि कारमा आवत जावत गर्न पाउने तर सार्वजनिक यातायातका साधन भने प्रयोग गर्न नपाउने अधिकारीहरुले जनाएका छन् ।  

फिलिपिन्सका चिकित्सासम्वन्धी झण्डै एक सय संस्थाहरुले विद्युतीय माध्यममार्फत गरेको बैठकमा अधिकांशले लकडाउन जस्ता प्रतिवन्धात्मक व्यवस्था तत्काल लागु गर्नुपर्नेमा जोड दिएका थिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना महामारीबीच बिहारमा पहिलो चरणको मतदान सुरु

  • १२ कार्तिक, २०७७

पटना ।  कोरोना महामारीबीच भारतको बिहारमा विधानसभा निर्वाचन सुरु भएको छ। पहिलो चरणमा १६ जिल्लाका ७१ विधानसभा क्षेत्रमा कडा सुरक्षाका बीच बुधबार

ब्यारेटद्वारा अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशको सपथग्रहण

  • १२ कार्तिक, २०७७

एजेन्सी । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी एमी कोमी ब्यारेटले शपथग्रहण गरेकी छन् । उदारवादी चर्चित न्यायाधीश रुथ बाडर

युरोपमा कोरोना भाइरसबाट मृत्यु हुनेको दर ४० प्रतिशतले बढ्यो

  • १२ कार्तिक, २०७७

एजेन्सी । युरोपमा कोरोना भाइरसको संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो एक हप्ताको तुलनामा मृत्यु हुनेको संख्या ४० प्रतिशतले बढेको