• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

‘हिमालय रोडिज सिजन ३’ का विजेता सुजन सुवेदी

काठमाडौं । यामाहा एफ जेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन ३–ब्लड, स्वेट र टियर्सको विजेता रोडी सुजन सुवेदी बनेका छन् । सुजन ग्याङ्ग ग्रीनअन्तर्रगत लाउरेको टिममा थिए ।

सन् २०१९ डिसेम्बर १६बाट शुरु भएको रियालिटी शोले १८औं शृँखलामा आएर आफ्नो विजेता प्राप्त गरेको हो । नेपालमा पहिलो पटक सन् २०१६ मा प्रसारण गरिएकोे शो युवा पुस्तामा आधारित रियालिटी शोले तेस्रो शृँखलासम्म आइपुग्दा आफ्नो ढाँचामा धेरै परिवर्तन गरेको छ ।

इन्डियाको फ्रेन्चाइज शो एमटिभी रोडिजको नेपाली संस्करण हिमालय रोडिज नेपालका युवाहरुले अत्यन्त रुचाएको र प्रतिक्षा गर्ने टिभी शो बन्न सफल भैसकेको छ । 

भोटको आधारमा, आन्तरिक र बाह्य, निश्कासन, खेल परिवर्तन गर्ने ट्वीस्ट, सहभागीहरुबीचमा एड्रेनालाइन, दुस्साहस, चिच्याहट आदिका साथ यो सिजन खेलाडी व्यक्तित्व, बचावट र बहादुरीको एक अन्तिम दुस्साहस बनेको दाबी गरिएको छ ।  

सिजन २ मा रोडिज उपाधि यामाहा एफ जेड सिरिजको मोटरसाइकलहरु सवार गरेर हासिल गरिएको थियो । यही प्रक्रियालाई सिजन ३ मा पनि निरन्तरता दिइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर