विद्युत् महसुलवापत नवलपुरमा २१ करोड रूपैयाँ संकलन

नवलपुर। नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा विद्युत् महसुलवापत २१ करोड तीन लाख ७२ हजार ३१० सङ्कलन गरेको छ। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को नेपाल विद्युत् प्राधिकरण गैँडाकोट शाखाले ९७ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ। 

शाखा प्रमुख सुजन रिजालका अनुसार कूल दुई करोड २२ लाख १५ हजार ६२३ युनिट विद्युत् बिक्रीबाट कार्यालयले सो रकम आम्दानी गरेको हो। कार्यालयले बिक्री गरेको विद्युतमध्ये घरायसी ग्राहकतर्फ एक करोड तीन लाख ६९ हजार ४५१ युनिट विद्युत् बिक्रीबाट नौ करोड २४ लाख ६४ हजार आम्दानी गरेको रिजालले बताए। कार्यालयले असार महीनामा मात्रै विद्युत् महसुलवापत दुई करोड ६५ लाख ३९ हजार ८३ सङ्कलन गरेको छ।

गैँडाकोटमा बर्सेनि नयाँ ग्राहक थपिने क्रम बढ्दै गइरहेको छ। गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै गैँडाकोटका नौ वडामा गरी ५३३ नयाँ ग्राहक थपिएका कार्यालय प्रमुख रिजालले बताए। प्रशाखासँग अहिले १० हजारभन्दा बढी ग्राहक रहेको भन्दै आफूहरूको कार्यालयलाई शाखाबाट स्तरोन्नति गरी शाखा बनाउने तयारी भइरहेको रिजालले बताए।

गैँडाकोट नगरपालिकाका १८ वटै वडाको विद्युत् महसुल गैँडाकोटमा बुझाउनुपर्ने गरी शाखा बनाउने उनले बताए। हाल गैँडाकोटका–१० देखि १८ सम्मको विद्युत् महसुल कावासोती वितरण केन्द्रमा बुझाइँदै आएको छ। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर