सुनको भाउ उकालो लाग्ने क्रम जारी, मंगलबार नयाँ रेकर्ड कायम

काठमाडौं  । नेपाली बजारमा मंगलबारपनि सुनको भाउ उकालो लागेर नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार ३७५ रुपैयाँ निर्धारण भएको छ । यता, चाँदी भाउ प्रतितोला १२ सय ३० रुपैयाँ छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर