प्रदेश प्रहरी भवन निर्माण शुरु

हेटौँडा ।  हेटौँडामा बागमती प्रदेश प्रहरी कार्यालय भवन निर्माणको काम थालिएको छ। 

३१ करोडको लागतमा शुरू गरिएको सो भवन साढे चार तलाको १२२ कोठाको सुविधासम्पन्न हुने जनाइएको छ। प्रहरी नायब महानिरीक्षक वसन्त लामाले तीन वर्षमा सम्पन्न गरिने उक्त भवनको ठेक्कामार्फत निर्माण गरिने जानकारी दिए। हाल रहेको भवन जीर्ण भइसकेको छ।

भवन निर्माण बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा निर्माण भइरहेको जनाइएको छ। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर