कोरोनाका कारण पाल्पामा गाईजात्राको रौनक देखिएन

पाल्पा । परम्परागत सांस्कृतिक महत्तव बोकेको गाईजात्रा पर्व पाल्पामा सामाजिक दुरी कायम गरेर मनाईएको छ । नेवार समुदायले विशेष पर्वका रुपमा रहेको गाईजात्रा विगतका वर्षमा ठूलो ताझम आफन्तहरु जमघट भएर सबै समुदायले मनाउने प्रचलन रहेपनि यस वर्ष कारोना भाइरसको त्रासका कारण संस्कृति जोगाउनका लागि घर परिवार मात्र सहभागी भएर गाईजात्रा निकालिएको छ । 

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा निकालिने गाईजात्रा यसवर्ष कोरोना भाइरसका कारण परम्परा धान्नका लागि मात्र निकालिएको छ । गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरेर मनाउने प्रचलन रहेको यस पर्ष भने, घर परिवारले मात्र आफ्नै टोलभित्र जात्रा निकालेको स्थानीय भुगोल प्रसाद शैजुले बताए । 

नेवार समुदायमा मात्र मनाईदै आएको यो पर्व पाल्पामा भने अन्य जात जातिहरुले पनि उत्साहकासाथ मनाउने प्रचलन रहेपनि यस वर्षभने सस्कृति जोगाउनका लागि मात्र जात्रा निकालिएको छ । सबै तामझाम गर्न सम्भव नभएको हुँदा एक दुईजना मात्र आफ्न स्वर्गीय पितामा सम्झनामा जात्रा निकालेको विष्णु नेपालीले बताए । 

विगतका वर्षहरुमा गाईजात्रामा बस्सा, तहामचा र गाईलाई बजार परिक्रमा गराएर यात्रा निकाल्ने प्रचलन यसवर्ष भने घर परिवारमा मात्र सिमित भएको छ । गाइजात्रा निकाल्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेका कारण सबै समुदायले गाईजात्रा पर्व मनाउदै आएका छन् । 

पाल्पामा जनैपूर्णिमाको दिनमा चुईकी फिराइबाट जात्राका सुरु भएको संकेत गराएपछि सुरु हुने जात्रा भाद्र किष्ण नवमीका दिन नेपाल अग्रेज युद्धको सम्झनामा श्री रणउजेश्वरी भगवतीको सिन्दुर यात्रा पश्चात सकिने गर्दछ  । तर यस वर्ष भने कोरोना भाइरस संक्रमण जोखिमका कारण स्थानीय प्रशासनले कुनै प्रकारका जात्रा ननिकाल्न अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर