• सोमबार ६-५-२०७७/Monday 09-21-2020/ 10:50 am

सर्वपक्षीय बैठक सम्पन्न, आइसोलेशनमा पाँच सय शैय्या थप गर्ने निर्णय

जनकपुरधाम  । कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा तत्काल पाँच सय शैय्या उपचार सहितको आइसोलेशन बेड थप्ने निर्णय  भएको छ । कोरोना महामारी भयावह रुप लिन थाले पछि मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीति बारे छलफल गर्न बोलाएका सर्वपक्षीय बैठकले प्रदेशमा उपचार सहितको पाँच सय आइसोलेशन सैया थप गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री निवासमा सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हाल सम्म गरेका निर्णयहरु तत्काल कार्यान्वयका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

कोरोना परीक्षणलाई तीब्रता दिन प्रादेशिक ल्याब जनकपुरधाममा आरएनए अटो एक्सट्रयाक्सन मेसिन जडान गर्नुका साथै सीमा नाकालाई थप कडा गर्ने निर्णय गरेको छ ।
बैठकमा समाजिक विकास मन्त्री नवल किसोर साह, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुन कुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

  • ५ असोज, २०७७

वीरगञ्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले

छ महिनापछि शुरु भयो आन्तरिक उडान

  • ५ असोज, २०७७

काठमाडौं ।  कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान शुरु भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११

राष्‍ट्रसंघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा बन्दना राणा मनोनीत

  • ५ असोज, २०७७

काठमाडौं । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकि छिन्।  राष्ट्रसंघीय