• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोरोना नियन्त्रणका लागि पुन: लकडाउन गर्न बिज्ञहरुको सुझाव

काठमाडौं । स्वास्थ्य सरोकारवाला र विज्ञहरुले कोरोना नियन्त्रणका लागि पुन लकडाउन गर्न सुझाव दिएका छन्  ।  

कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गर्नुभएको छलफलमा बिज्ञहरुले लकडाउन गर्न सुझाव दिएका छन् । केहि बिज्ञहरुले तत्काल १५ दिन कडा खालको लकडाउन गर्न सुझाएका थिए भने केहिले आवश्यकता हेरी ठाउँ विशेषमा लकडाउन गर्न सुझाव दिएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोनाको समस्या समाधानका लागि कतिपयले कफर््यु लगाउनुपर्ने , केहिले कडा लकडाउन र केहिले बिशेष क्षेत्रमा मात्र लकडाउन गर्न सुझाव दिएको बताए । उनले सवैको सुझाव सुनेपछि प्रधानमन्त्रीले सीसीएमसी, स्वास्थ्य मन्त्रालयसँग समेत छलफल गरेर लकडाउनको मोडालिटी तयार गर्ने बताउनुभएको थापाले जानकारी दिए ।  छलफलपछि जनस्वास्थ्यविद डा समिरमणि दीक्षितले भने देशभर लकडाउन गर्नुको साटो संक्रमण बढी भएका स्थानमा लकडाउन गर्नुपर्ने र अन्य स्थानमा व्यवस्थित बनाउँदै लैजानुपर्ने सुझाव दिएको बताए ।  

जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले विज्ञहरुले १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाएको बताए ।  केही विज्ञले भने कोरोना अहिले नै नियन्त्रणमा आउन सक्ने अवस्था नरहेको र २–३ वर्षपनि लम्बिन सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाएर अवस्थालाई सहजतातिर लैजानु पर्ने धारणा पनि राखेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर