• सोमबार ६-५-२०७७/Monday 09-21-2020/ 11:09 am

चीनको युनान पुग्यो सलह, १० हजार हेक्टरबढी क्षेत्रमा लगाइएको बाली सखाप

कुनमिङ । चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

कृषि अनुसन्धान निकायहरुका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन् ।

मौसफ सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तिब्र गतिमा सक्रिय भएका पाइएको छ । 

स्थानीय अधिकारीहरुले सलह फैलिन नदिन ड्रोन मार्फत विषादी छर्कनेक्रम जारी रहेको छ । यहाँ गत जुन २८ मा पहिलो पटक सलह देखिएको थियो । सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित भएका छन् ।

विज्ञहरुको भनाईमा चीनमा सलह प्रवेशको क्रम विस्तारै घट्न थालेको छ, तर सलहको संख्या ठूलै भएकाले नियन्त्रणमा ल्याउन निकै कठिन रहेको छ । सिन्हुवा

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो

  • ५ असोज, २०७७

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या पछिल्लो एक महिना अगाडीको भन्दा कम देखिदै आएको छ । गएको २४ घण्टामा अमेरिकामा ३३ हजार ३ सय ४४ जनामा

भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख ८५ हजार ६ नाघ्यो 

  • ५ असोज, २०७७

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या दैनिक तीव्र रुपमा बढिरहेको छ । गएको २४ घण्टामा भारतमा ८७ हजार ३ सय ८२ जना नयाँ संक्रमित थपिएको

थाइल्याण्डमा राजतन्त्र विरुद्ध विशाल प्रदर्शन जारी

  • ४ असोज, २०७७

एजेन्सी । थाइल्याण्डमा राजा महा भजिरालोङकोर्नको शासनलाई खुल्ला चुनौती दिँदै राजधानी बैंककमा हजारौँ प्रदर्शनकारीले मार्च गरेका छन् ।  थाई