• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

दक्षिण कोरियाः कोरोनाका संक्रमित बढे, भिषण वर्षाका कारण १३ को मृत्यु

सिओल । दक्षिण कोरियामा कोरोना (कोभिड–१९)का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्लो २४ घन्टामा ३४ जना थपिएको जनाइएको छ ।

योसँगै यहाँ मङ्ंगलबारसम्म कोरोनाका सङ्क्रमितहरुको संख्या १४ हजार नाघेको बताइएको छ । थप ३४ जना भेटिएसँगै यहाँको संख्या १४ हजार ४२३ पुगेको बताइएको हो । यहाँ सोमबार मध्यरातिसम्ममा करिब २४ घन्टामा सङ्क्रमितहरु ३४ जना थपिएका दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । 

 यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तिमा पनि ५० जना सङ्क्रमित थपिएका बताइएको थियो ।  यसरी यहाँ थपिएका सङ्क्रमितहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । सोमबार थपिएका ३४मध्ये २१ जना विदेशबाट आएका व्यक्तिहरु परेका पनि बताइएको छ । 

हाँ यस सङ्क्रमणबाट ज्यान जानेको संख्या ३०१ जना पुगेको बताइएको छ । यहाँका सङक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरु भएको बताइएको छ । सरकारले पछिल्लो समयमा कोरोना सङ्क्रमितहरुको उपचार र नियन्त्रणमा निकै कडाइ गरेको बताइएको छ । दक्षिण कोरिया कोरोनाको नियन्त्रणमा प्रभावकारी देशका रुपमा रहेको बताइएको छ । 

यसैगरी, दक्षिण कोरियामा विगत चार दिनदेखिको भिषण वर्षाका कारण मंगलबारसम्म १३ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । 

केन्द्रीय विपद निकायका अनुसार कोरियाको मध्य क्षेत्रमा अगष्ट १ देखि निरन्तर भइरहेको वर्षाले जनधनको ठूलो क्षति भएको हो । भारी वर्षाबाट राजधानी सियोल र वरपरका क्षेत्र व्यापक प्रभावित भएका छन् ।

उत्तरी चुङचियोङ प्रान्तका ५५५ परिवार समेत एक हजार २५ जनालाई सुरक्षित स्थलमा सारिएको छ । करिब ५ हजार ७५१ हेक्टर जमिन डुबानमा परेको छ भने निजी तथा सरकारी सम्पत्तिमा क्षति पुगेको छ ।

वर्षा प्रभावित मानिसको उद्धार एवं राहतका लागि २५ हजारभन्दा बढी प्रहरी, स्वयंसेवी र अन्य उद्धारकर्मी परिचालन गरिएको सरकारले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर