• सोमबार ६-५-२०७७/Monday 09-21-2020/ 11:14 am

सुनसरीको इनरुवामा २६ गतेसम्म पूर्ण लकडाउन

फाइल फाेटाे

इनरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको सरोकारवालासँगको बैठकले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएका कारणले २६ गते सोमबारसम्म बजार क्षेत्रमा पूर्णरुपले लकडाउने गर्ने निर्णय गरेको हो । इनरुवा–१ का एक जनामा कोरोना भाइरस पोजेटिभ भेटिएपछि त्यसलाई नियन्त्रण गर्न र अन्य व्यक्तिमा सङ्क्रमण फैलिन नदिनका लागि बजार क्षेत्रका अतिआवश्यक सेवाबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले जानकारी दिए । 

नगरपालिकाले बजार क्षेत्रभित्र रहेका सम्पूर्ण पसल, होटल, सार्वजनिक याताताय, सिटी सफारी, टेम्पोलगायतका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख मेहताले बताए ।  

त्यसैगरी नगर क्षेत्रमा रहेका कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकबाहेकका सबै बैंक तथा वित्तीय संस्था, नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवासमेत अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गर्ने निर्णय गरेको नगरप्रमुख मेहताले जानकारी दिए । 

सङ्क्रमण भेटिएका एक जना व्यापारीको क्लोज कन्ट्रयाक्टमा आएका ६५ जनाको बुधबार स्वाब सङ्कलन गर्ने, इनरुवाका १० वटै वडाबाट प्रतिवडा ५० जनाको दरले स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइने, पिसिआर परीक्षणको दायरा बढाउने निर्णय भएको नगरपालिकाका स्वास्थ्य शाखाका मिश्रीलाल मेहताले जानकारी दिए । 
नगरपालिकाको निर्णयलाई उल्लङ्घन गरेको पाइएमा सिधै क्वारेन्टिइनमा त्यस्ता व्यक्तिलाई राख्नेसमेत नगरपालिकाले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

  • ५ असोज, २०७७

वीरगञ्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले

छ महिनापछि शुरु भयो आन्तरिक उडान

  • ५ असोज, २०७७

काठमाडौं ।  कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान शुरु भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११

राष्‍ट्रसंघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा बन्दना राणा मनोनीत

  • ५ असोज, २०७७

काठमाडौं । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकि छिन्।  राष्ट्रसंघीय