• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

ट्रकको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु

चितवन । माडी नगरपालिका–९ वगईमा मंगलबार दिउँसो ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय माडीका अनुसार मृत्यु हुनेमा स्थानीय विजय दुराकी छ वर्षीया छोरी खुसुबु रहेकी छन् । 

ठोरीबाट सामान लिएर माडीतर्फ आउँदै गरेको ना ५ ख ६७७९ नम्बरको ट्रकले खुसुबुलाई ठक्कर दिएको थियो । 

ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो । ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर