झापा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

झापा । झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । कोरोना भाइरसको त्रासका बीच झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । 

स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले मङ्गलबार जिल्ला समन्वय समितिमा कार्यक्रमको आयोजना गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो ।
 
खोप समन्वय समिति झापाका संयोजक तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरे । स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख ईश्वरीप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्दै २०७७ असार ३१ गते जिल्लाका १५ स्थानीय तहमध्ये आठ नगरपालिका र सात गाउँपालिकाबाट प्राप्त विवरणका आधारमा झापालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताए । 

पालिकाहरूबाट १६ देखि २३ महिनाभित्रका आठ हजार १२ बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको विवरणका आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको बताइएको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर