नेपालमा सुनको भाउ ताेलाकाे एक लाख नाध्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ एक लाख नाघेको छ ।

बुधबार एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको भाउ एक लाख ९ सय पुगेको छ । 

यस्तै चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेको र सुनको उत्पादनमा कमी आएको कारण सुनको भाउ बढेको महासंघले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर