पाल्पाका सबै संक्रमित निको भएर घर फर्किए

पाल्पा । कोरोना संक्रमण पुष्टि भएका सबै संक्रमित घर गएसंगै पाल्पा कोरोना मुक्त जिल्ला बनेको छ । गत जेठ १७ गते पहिलो पटक कोरोना संक्रमित देखिएको भएपनि हाल सबै संक्रमित निको भएर घर फर्किएसंगै तीन महिनापछि पाल्पा कोरोना मुक्त जिल्ला बनेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

कुल ५६१ जना संक्रमित रहेको पाल्पा यसअघि रेड जोनमा परेको थियो । कोरोना संक्रमित भएर आइसोलेशनमा रहेका ५६० जना सबै कोरोना संक्रमित निको भएर घर फर्किएको १ जनाको मृत्यु भएका स्वास्थ्य कार्यायका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

हाल जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका आइसोलेशनलाई निमर्लीकरण गर्ने कार्य भईरहेको स्थानीय तहहरुले जनाएका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर