• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

'पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो' –प्रचण्ड

काठमााडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  आफूहरुको लागि पद विषय नभएर देश र जनताको सेवा नै मुख्य कुरा भएको स्पष्ट पारेका छन् । बिचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस जीवित कम्युनिष्ट पार्टीमा भइरहने र यो सामान्य भएको उनको भनाई छ ।  राष्ट्रको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा आफुहरु रहेको उनले बताएका छन् । 

प्रचण्डको सचिवालयमा रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेशबुकमार्फत दाहालको पछिल्लो भनाई बाहिर ल्याएकी हुन् । उनले 
 फेसबुकमा लेखेकी छिन् , ”विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस जीवित कम्युनिष्ट पार्टीमा भइरहन्छ र यो सामान्य हो । पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो । राष्ट्रको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौँ ।” – अध्यक्ष क प्रचण्ड”

यसअघि बुधबार नै नेकपाका बामदेव गौतमले प्रचण्डसंग भएको भेटको बिषयलाई सार्वजनिक गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर