कर्मचारीमा कोरोना देखिएपछि प्रदेश दुईका मन्त्रालयहरुकाे काम बन्द

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मात्रै खुल्ला

जनकपुरधाम ।  प्रदेश दुईको मन्त्रालयकै कर्मचारीहरुमा कोरोनाको संक्रमण देखिएपछि एक मन्त्रालय बाहेक सम्पूर्ण मन्त्रालयको काम ठप्प भएको छ ।

 मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि सम्पूर्ण काम बन्द गरिएको हो । आन्तरिक मामिला मन्त्रालयमा बुधबार मात्रै ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यस अघि समाजिक विकास मन्त्रालयमा ४ र मुख्यमन्त्री कार्यालयका  ६ जनामा कोरोना संक्रमण देखिएपछि सतर्कता र सुरक्षा अपनाउन मनत्रलयहरुको कार्यालय बन्द गरिएको हो । यद्यपि प्रदेश दुईको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्यालय भने अहिले पनि खुुल्ला नै रहेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सम्पूर्ण काम बन्द गरेर मूल ढोकामै ताल्चा लगाइएको छ । त्यस्तै समाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पुर्वाधार विकास मन्त्रालयको कार्यालयमा बुधवार ताल्चा लगाइएको हो । 
मुख्यमन्त्री लालबाबु राउतका प्रेस संयोजक अतिश मिश्रका अनुसार मन्त्रालयहरुमै संक्रमित फेला परेपछि अन्य कर्मचारी र सेवाग्राहीको सुरक्षालाई ध्यानमा राखेर कार्यालय बन्द गरिएको हो । 

मिश्रले कन्ट्राक्ट ट्रेसिंग लगायत कर्मचारीहरुको स्वाब संकलन गरी त्यसको रिपोर्ट आएपछि मुख्यमन्त्री कार्यालय लगायत अन्य मन्त्रालयका कार्यालयहरु खोलिने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर