• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 03:57 pm

अयोध्यामा राम मन्दिरको शिलान्यास भएपछि जनकपुरमा भव्य दिपोत्सव (फोटो फिचर )

जनकपुरधाम ।भारतको अयोध्यामा वर्षौको प्रतिक्षापछि राम मन्दिरको शिलान्यास गरिएको खुशियालीमा जनकपुरधाममा भव्य दीपोत्सव भएको छ । माता सीताको ससुराली अयोध्यामा मन्दिरको शिलान्यास भएको अवसरमा खुशी व्यक्त गर्दै जनकपुरधामको जानकी मन्दिर सहित नगरमा दीपावली मनाइएको हो ।

 

 भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर निर्माणका लागि आदेश दिएपछि त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाँदीको ईटा राखेर राम मन्दिरको शिलान्यास गरेका हुन् । सोही अवसरमा जानकी मन्दिरमा सीतारामको नारा सहित जानकी मन्दिरका पूजारीहरुले मन्दिर परिसरभरी दीप प्रज्वलन गरेका थिए । 


यता जानकी चोकका युवाहरुले समेत चोकमा जय श्री सीयारामा लेखिएको रंगोली बनाएर दीप प्रज्वलन गरे । अयोध्यामा रामको मन्दिरको शिलान्यास हुनु सम्पूर्ण मिथिलावासीका लागि खुशीको अवसर रहेकोले आफूहरुले दीपोत्सव गरेको युवा सुशिल कर्णले बताए । युवाहरुले चोकमा रंगोली बनाउनुका साथै सडक पेटी भरी दीप प्रज्वलन गरेका थिए ।  


यस अघि अयोध्यामा राम मन्दिरको शिलान्यास भई रहँदा जानकी मन्दिरमा रामधुन बजाइएको थियो । राम मन्दिरको भूमि पुजनको खुशियालीमा जानकी मन्दिरमा भजन किर्तन भएको जानकी मन्दिरका पुजारी ऋषिकेश झाले बताए । 
राम मन्दिरको भूमि पुजनमा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव समेत सरिक भएका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मान्छेको 'भौतिक भोक'ले उत्पन्न गराएकाे पृथ्वीका डरलाग्दा दृश्य

  • १३ मङ्सिर, २०७७

काठमाडौं । विद्युतीय, इन्धन र भूवैज्ञानिक धनका लागि विश्वको लालसाले विश्वभर विनाशकारी आकृतिहरु तथा रंगहरु बनाइएका कछन् । बिबीसी फिचरको मानव

तस्विरमा हेर्नुहोस् डिएगो म्याराडोनाको जीवनका ऐतिहासिक क्षणहरु

  • ११ मङ्सिर, २०७७

काठमाडौं । डिएगो अर्मान्डो म्याराडोना इतिहासकै एक सर्वोत्कृष्ट फुटबल खेलाडी थिए । उनले सन् १९८६ मा आफ्नो देश अर्जेन्टिनालाई विश्व कपको शीर्षक

कोरोनाका कारण रोकिएको कक्षा १२ को परिक्षा सुरु [फोटोफिचर]

  • ९ मङ्सिर, २०७७

काठमाडौं ।  कोरोनाका कारण वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा मंगलबारबाट सुरु भएको छ ।  देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुने परीक्षा