• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

इन्टर मिलान र म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी । इटालियन क्लब इन्टर मिलान र प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड यूईएफए युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ । 

गएराती सम्पन्न अन्तिम १६ को खेलमा इन्टर मिलानले स्पेनिस क्लब गेटाफेलाई २–० ले पराजित गर्दै युरोपा लिगको क्वाटरफाइनलमा पुगेको हो । 

इन्टर मिलानको जितमा लुकाकु र क्रिस्टियन इरिक्सनले एक एक गोल गरेका थिए । खेलको ३३ आँै मिनेटमा लुकाकुले शुरुवाती गोल गरेका थिए ।

त्यस्तै गएराती नै भएको अर्को खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले अस्ट्रियन क्लब लस्कलाई २–१ गोल अन्तरले पराजित गर्दै युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ ।

युनाइटेडको जितमा जेस्से लिंगार्ड र एन्थोनी मार्सियलले एक एक गोल गरेका थिए भने लस्कका लागि भने एक गोल फिलिप विएसिंगरले गरेका थिए ।

युनाइटेडले लस्कलाई समग्रमा ७–१ गोल अन्तरले पराजित गरेको हो । यस अघि खेलिएको पहिलो लिगमा युनाइटेड ६० ले विजयी भएको थियो ।  

  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर