• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

बेरुत विस्फोटः बन्दरगाहका अधिकारी घरमै बन्धक

एजेन्सी । बेरुतको बन्दरगाहका केही अधिकारीहरु अहिले घरमै बन्धक अवस्थामा रहेको लेबनान सरकारले जनाएको छ। १ सय ३५ जनाको ज्यान जाने गरी भएको सो विस्फोटको विषयमा छानविन भइरहेकाे छ । 

मंगलबार राति भएको शक्तिशाली बिस्फोटको छानबिनका लागि उनीहरुलाई ‘हाउस अरेस्ट’ गरिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बिस्फोटक पदार्थ भण्डारण गरिएको गोदाममा अचानक बिस्फोट हुँदा अहिलेसम्म कम्तीमा १३५ जनाको ज्यान गएको पुष्टि भएको छ । अरु चार हजार भन्दा बढी मानिस घाइते भएका छन् । घटनापछि सरकारले दुई हप्ताका लागि आपतकालीन अवस्था घोषणा गरेको छ ।

राष्ट्रपति मिशेल एउनले २७ सय ५० टन एमोनियम नाइट्रेडका असुरक्षित रुपमा भण्डारण गरिएकाले बिस्फोट भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर