गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशका थप ११ जनाका कोरोना संक्रमण देखिएको छ। क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएका परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

कास्कीका १, पर्वतका १, गोरखाका ६ र पूर्वीनवलपरासीका ३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर