सुर्खेतमा अबैध रुपमा बेच्न राखिएको मल बरामद

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अवैधरुपमा बिक्री गर्न राखिएको मल बरामद गरिएको छ । भेरीगङ्गा नगरपालिकाको छिन्चुमा अनुगमनका क्रममा प्रशासनको टोलीले एक एग्रोभेटबाट ६२ बोरा मल बरामद गरेको हो । 

सहायक प्रमुुख जिल्ला अधिकारी भीमकान्त पौडेलले छिन्चुस्थित कमला एग्रोभेटले इजाजतपत्र नलिई मल बिक्री गर्दै आएको पाइएको बताए । प्रशासनले ५९ बोरा डिएपी तथा तीन बोरा युरिया मल बरामद गरेको छ । प्रशासनले मलसँगै मल ढुवानी गर्ने गाडी पनि नियन्त्रणमा लिएको छ । 

“मल बिक्रीका लागि कानूनीरुपमा अनुमति लिनुुपछ,,” सहायक प्रजिअ पौडेलले भने, “उक्त पसलले गैरकानूनीरुपमा मल बिक्री गरिरहेको रहेछ, यससम्बन्धी थप अनुसन्धान पनि भइरहेको छ ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर