• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मदन पुरस्कारका लागि उत्कृष्ट ७ पुस्तक छानिए

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार गुठी २०७६’ का लागि ७ पुस्तक छानिएका छन् । जसमा विमल निभाको कवितासंग्रह ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको कविता संग्रह धर्सैधर्साको चक्रब्यूह, भुन ढुंगानाको उपन्यास ‘परित्यक्ता, योगी धर्ममहारसको आयुर्वेदिक ज्ञान संग्रह ‘महारसनिघण्टु’, चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’, ललित विष्टको कथासंग्रह ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ रहेका छन् ।

२०७६ मा प्रकाशित भएका पुस्तकमध्ये १ सय ५१ समावेश भएका थिए । जसमध्ये छनोट समितिले उत्कृष्ट ७ पुस्तक छानेको थियो । यस गुठीले हरेक वर्ष छनोटमा परेका पुस्तकमध्ये एउटा पुस्तकलाई मदन पुरस्कार वितरण गर्ने गरेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर