कोरोना संक्रमित मन्त्री पार्टी प्रवेश कार्यक्रममा सहभागीदेखि भीभीआइपीसम्म भेट

जनकपुरधाम ।  कोरोना संक्रमण पुष्टि भै सकेका प्रदेश दुइका मन्त्रीले प्रधानमन्त्री देखि प्रहरी महानिरीक्षकसम्म भेट गरेर जनकपुरधाम फर्केको पाइएको छ । 

बुधबार साँझ प्रदेश दुइका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना पुष्टि भएको हो । मन्त्री यादव पछिल्लो हप्ता मात्रै  ‘भिभिआइपी’ व्यक्तिहरुसँग भेट गरेर काठमाडौबाट जनकपुरधाम फर्केका थिए ।

मन्त्री यादव बालुवाटारमा संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रस्ताब पारित गर्दै प्रहरी समायोजन सम्बन्धि समन्वय समितिको बैठकमा सहभागी भएका थिए । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री राम बहादुर थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृह मन्त्रीका सल्लाहकारद्वय , प्रहरी महानिरीक्षक लगायतको सहभागीतामा बैठक सम्पन्न भएको थियो । 

मन्त्रि यादव ५ दिन अगाडी मात्रै सिरहामा पार्टी प्रवेश कार्यक्रममा समेत सहभागिता जनाएका थिए । साउन १७ गते आयोजित पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादव सङै जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई तथा उपेन्द्र यादवको समेत सहभागिता रहेको थियो । 
मन्त्री यादव साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा बुधबार साँझ उनको रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि उनी मन्त्रि निवासमै आइसोलेट भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर