• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप ३६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभरका प्रयोगशालमा गरिएको परीक्षणको क्रममा ३६० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे सँगै संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ ।

बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ६४ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर