• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

'तत्काल देशव्यापी लकडाउन हुँदैन'–प्रवक्ता खतिवडा

काठमाडौं ।  सरकारका प्रवक्ता डा युवराज खतिवडाले तत्काल देशव्यापी लकडाउन नहुने बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको अवस्थालाई हेरेर मुलुकव्यापी रुपमा लकडाउन नगर्ने बताएका हुन् । 
 मन्त्री खतिवडाले जोखिम हुने ठाउँमा सेवा रोक्दै जानुपर्ने अवस्था आउन सक्ने तर मुलुकव्यापी रुपमा लकडाउन नहुने उल्लेख गर्नुभयो ।

 सरकारले परिस्थितिअनुसार लकडाउन हटाउने र आंशिक विधि अपनाएर केही खुकुलो पार्ने वा जोखिम बढेको स्थानमा कडाइ गर्न सक्‍ने उनको भनाई छ । काठमाडौंभित्रको संक्रमणको जोखिम भएकाले केही कदम चाल्न थालिएको र यसले जनजीवनमा केही असर पर्ने धारणा राखे । 
मन्त्री खतिवडाले सरकारले आईसीयूहरुको थप विस्तार गर्ने तयारी गरिरहेको र कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै प्रकारका उपचारका विधिहरु अपनाउने स्पष्ट पारे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर