• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

रुग्न उद्योगलाई पुनरुत्थानका लागि सरकारद्वारा समिति गठन, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले कोरोनाका कारण रुग्न उद्योगलाई पुनरुत्थानका लागि समिति गठन गरेको छ । मन्त्रिपरिषदेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले कोरोनाका कारण रुग्न उद्योगलाई पुनरुत्थानका लागि पूर्व सचिव दीपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए । मन्त्रिपरिषद्ले   बैदेशिक व्यापारलाई सहज गर्न २१ वटा कार्यालयबाट हुने काम एकै ठाउँबाट गर्नका लागि अर्थमन्त्रालयको सिफारिसमा ७ जना राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा विभिन्न क्षेत्रका आयोजनामा काम गर्न ४२ जना राजपत्राङ्कित पदको दरबन्दी सिर्जना गर्ने निर्णय भएको छ । बैठकले बेरुजु फस्छर्योट समितिमा रमा जोशीलाई थप दुई वर्षका लागि मनोनयन गर्ने र नेपाल सरकार र भारत सरकारको संयुक्त रुपमा सन् २००८ अगष्टदेखि सञ्चालित केही आयोजनाको काम गर्ने समय सन् २०२३ अगष्ट सम्म थप गर्ने निर्णय समेत गरेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर